७ आश्विन २०८३, बुधबार | September 23, 2026

एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सकियो



काठमाडौं । एसियाली खेलकुदको १९ औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाए । यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिएका छन् ।

बास्केट बलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणमा छनोट भए ।

कबड्डीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहेका छन् ।

अन्यमा आर्मीका मिना नेपाली र ईशा राई, प्रदेश १ की लक्ष्मी विश्वकर्मा, बागमती प्रदेशकी बविता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिब्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जनाएका छन् । एसियाली खेलकुद चीनको हाङझावमा २५ भदौदेखि ९ असोजसम्म हुँदैछ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज