१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने एमाले तिलोत्तमाको योजना



तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ ।

सुखौरा खोलामा तटबन्ध गरी उकास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकाले ढाक्रेबासलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न छलफल चलाउँदै आएकोमा एमालेले यो विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेको हो ।

ढाँक्रेबासमा पर्याप्त जमिन, नजिकैं सुखौरा खोला र वन रहेकोले यो क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिने आधारहरु छन् । यो क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सक्दा स्थानीय समुदायको जीवनस्तरमा पनि परिवर्तन आउने अपेक्षा एमालेको छ । एमालेले आफ्नो घोषणा पत्रमा शंकरनगर, करहिया, बाउन्नकोटी, मधुवन, सुखौरा हरियाली, मिलन, कालिका लगायत नगरमा रहेका सामुदायिक वनहरुमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा भैरहेका कामलाई अझ प्रभावकारी बनाउने उल्लेख छ ।

शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसँग साझेदारी गरिने, वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, कुञ्ज पार्क लगायतका पार्कहरूमा थप पूर्वाधार निर्माण गर्दै कुञ्ज पार्कलाई रात्रिकालीन पार्कको रूपमा विकास गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।

संघीय सरकारबाट निर्माणाधीन रोहिणी जलाशययुक्त बहुउद्देश्यीय परियोजनालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गरिने, विभिन्न भाषाभाषी तथा संस्कृति, साहित्य, कला र संगीतको उपयुक्त सम्वर्धन र विकासका लागि छुट्टै सांस्कृतिक प्रतिष्ठान स्थापना गर्न पहल गरिने पनि एमालेको योजना छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ५४ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०