२२ मंसिर २०८२, सोमबार | December 9, 2025

ईद मनाउन ईदगाहा पुगेका मुस्लिम समुदायलाई शुभकामना दिँदै भोट माग्दै नेपालगन्जका उम्मेदवारहरु



नेपालगन्ज । मुस्लिम समुदायको सबैभन्दा ठुलो पर्व ईद उल फितरलाई राजनीतिकदलका नेताहरुले भोट फकाउने माध्यम बनाएका छन् । नेपालगन्जको इदगाहामा ईदको नवाज पढ्न भेला भएका मस्लिम समुदायका माझ पुगेर दलका उम्मेदवारहरुले ईदको शुभकामना दिँदै भोट फकाउने उपाय निकालेका हुन् ।

आज बिहानै इदगाहामा भेला भएका मुस्लिम समुदायलाई शुभकामना दिंदै भोट माग्न नेपालगन्ज उपमहानगरमा उम्मेदवार बनेका दलका नेताहरु पालैपालो ईदगाहा पुगेका थिए ।

एमालेबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र भोट माग्न बिहानै ईदगाहा पुगेका थिए । ईदगाहा पुगेका मिश्रले आफु सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभाव साटन ईदगाहा आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए । मिश्राले इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना पनि दिए ।

बिहानै नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्टले पनि ईदगाहा पुगेर आफु निर्वाचित भएपछि नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउने प्रतिबद्धता व्यक्त गरे । समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभकामना साटासाट गर्ने क्रममा विष्टले धार्मिक सहिष्णुतामा नेपालगन्ज अब्बल शहर भएको बताए ।

नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावबारे अन्य शहरले पनि सिक्नुपर्नेमा जोड दिदै उनले यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाईराख्न आफु प्रतिवद्ध रहेको बताए । विष्टसंगै ईदगाहा पुगेका गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राईले कांग्रेस र जसपाले प्रमुख र उपप्रमुख पदमा दुई फरक धर्म र समुदायका उम्मेदवारलाई उठाएर वास्तवमै सद्भावको सन्देश दिएको बताए । ईदगाहमा नमाज पढ्न पुगेका मुस्लिम समुदायसँग नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईले अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए ।

नेपालगन्जमा चुनाव लडिरहेका प्राय सबै दलका नेताहरु बिहानै ईदगाहा पुगेर ईदी नवाज समाप्तीको प्रतिक्षा गरिरहेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ०३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट