७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

राजनीतिमा बुढाहरुकै हालिमुहाली, टिकट पाएका युवामा देखिन्छ देश बनाउने भिजन



बुटवल । चुनावी नारामा जतिसुकै युवा शसक्तिकरणको कुरा गरेपनि दलहरुले निर्वाचनका बेला भने युवाहरुलाई अवसर दिनुको साटो ६० कटेका बृद्धहरुलाई नै चुनावमा अघि सारेको पाईन्छ । अन्य पेशा व्यवसायमा निश्चित उमेरको हद तोकेर पेन्सन पाक्ने गरेपनि नेपालमा राजनीतिलाई त्यस्तो पेशा बनाइएको छ, जुन पेशामा पेन्सन, विश्राम र अवकास भन्ने शब्दावली नै छैन ।

नेपालका कतिपय दलहरुले ५० कटेका पाका नेताहरुलाई पनि युवा नेता भनेर पुकार्ने गर्दछन् । जोश जाँगर र शक्ति कमजोर हुँदा पनि राजनीति गर्ने रहर भने नेपालीहरुमा बिरलै सकिने गरेको छ ।

मुलुकभर स्थानीयतह निर्वाचनको माहोल तात्तिएका बेला बुटवल उपमहानगरमा पनि युवा उम्मेदवार बारीमा शिला खोजे जस्तै गरि खोज्नु पर्ने अवस्था देखिएको छ । निकै कम युवा अनुहारहरुलाई उम्मेदवार बनाईएका बुटवलका युवा उम्मेदवारमा भने प्रौढ र उमेर पुगेकाहरु भन्दा बढी भिजन र लक्ष्य रहेको पाईएको छ । युवा उम्मेदवारहरुसँग भेटेर खबरकुराले युवा एजेण्डाको खोजि गर्ने प्रयास गरेको छ ।

सामाजिक सेवाको चाहना बोकेका बलु

स्थानिय तहमा पहिलो निर्वाचनबाट बुटवल उपमहानगरपालिका वडा नं. १० मा वडा सदस्य पदमा विजयी भएका युवा उम्मेदबार बलु पुन बुटवलका परिचित नाम हो । नेकपा एमाले पार्टीबाट युवा उम्मेदबार बलु पुन ३९ वर्षिय भए ।

बाग्लुङबाट बुबा दलसिह पुन बिसं २०२२ सालमा बुटवल झरेर बुटवलमा बसाई सरेका थिए । बलु भने बुटवलमै जन्मेका हुन् । लुम्बिनी वाणिज्य क्याम्पसमा ब्याचलरसम्म अध्ययन गरेका उनी ब्यवस्थापनको राम्रो ज्ञान छ । एक कार्यकाल वडा सदस्यको अनुभव बटुलेका उनी यो कार्यकाललाई एउटा सिकाईका रुपमा लिन्छन । कोभिड १९ को संक्रमणले प्रभावित भएको कार्यकाल नै थप काम देखाउने र जिम्मेबार बनाउने अवसर पाएको उनले बताए ।

आफनो कार्यकाल अवधिमा वडाबासीको समस्यामा घरघर पुगेर दिनरात सेवा दिएको उनि बताउछन । काम गरेपनि त्यसको प्रचारमा खासै जोड नदिएको भन्दै उनले आफनो कामको मुल्याकन वडाबासीले गर्ने बताउँछन् ।

मदन भण्डारी स्र्पोटस एकेडेमी, युवा संघ नेपाल, नेपाल स्वयंसेवी रक्तदाता संघ लगायतका धेरै सामाजिक क्षेत्रहरुमा अनुभव बटुलेका उनि हाल नेकपा एमालेका वडा सचिव हुन । आफनो वडाको चौराहादेखि सिमापथसम्मको भित्री बाटो, योगीकुटीदेखि तिलोत्तमा जाने बाटो, रामनगरको ढल निकास लगायतका कामहरु जुन संघिय सरकारको बजेटको सहयोगमा पुरा गर्न सकिने हुदा यसको पहल उनले गर्ने बताए ।

कोभिड संक्रमणको बेला संघसंस्थाहरुबाट राहत संकलन, बितरणका साथै कोभिड भ्याक्सिनमा विशेष कार्य गरेका बलुलाई वडाबासीले सहयोगी व्यहोरका युवाकारुपमा चिन्छन् ।

आफनो कामको मुल्याकनको आधारमा यसपटक टिकट पाएको दाबी गर्दै उनले नेपालका ठुला दलमा अब युवाको खाँचो रहेको औंल्याउँछन् ।

उनको राजनीतिक इतिहास हेर्दा बिसं. २०५९ सालमा बुटवलमा भएको विद्यार्थी आन्दोलनका बेला बिना कसुर प्रहरीले निर्घात कुटेर घाईते भएलगतै उनि राजनीतिमा आर्कषित भएको थिए । बिसं २०६० सालमा एसएलसी दिएका उनि त्यसपछि भने एकाएक राजनीतिमा अगाडी आए । बुटवल कालिकानगरका स्थाईबासी उनी आन्दोलनमा कुटपिट भएपछि राजनीतिमा प्रवेश गरेका बताउँछन् ।

वडामा युवा र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । आफै वडा सदस्य रहेको बुटवल उपमहानगरले युवा लक्षित कार्यक्रमहरु गर्न नसकेको स्विकार गर्दै उनले यसपटक जितेपछि भने नया योजनाहरु तत्कालन रोजगार र आर्थिक समृद्धि हुने खालको कार्यक्रम ल्याउने योजना बनाएका छन् । उनले वडास्तरमा हाल संचालनमा रहेको वडास्तरको स्वस्थ्य क्लिनिकलाई घरदैलोमा नै पु¥याउले लक्ष्य पलएका छन् ।

ब्यस्त सडकमा सार्वजनिक सौचालयको समस्यालाई समेत अन्त्य गर्ने बलुले बताए । पुर्वाधार विकाससंगै क्षमता विकासका कार्यक्रमलाई विशेष जोड दिने बताउँदै उनले खेलकुदलाई जोडेर विविध कार्यक्रममा खुला जिम, ब्याडमिन्टन कार्ट, करातको कबर्ड हल निमार्ण गरिने र भएकाको स्तर उन्नती गर्ने बताए ।

राजमार्ग चौराहादेखि योगकुटीसम्मको सिक्स लेन सडकको झण्डै २ किलोमिटर क्षेत्रफलमा हरियाली गराउने काम स्थानिय टोल विकास संस्थामार्फत गराएर उन्नत जातको बिरुवा हरियाली, पाईलाईन, टयाकी बिस्तार गर्ने योजनाहरु बनाएको उनले बताए । यसअघिको निर्वाचनामा १ हजार ६ सय ४७ मतमध्ये ७ सय मत ल्याएर उनि विजयी भएका छन । यस वर्षको निर्वाचनमा मतदाताहरु २ हजार ८ सय ७२ जना छन ।

वडालाई ब्यवस्थित गर्ने योजना बनाउदै २९ वर्षिय राना

स्थानिय निर्वाचनमा ठुला पार्टीहरुले युवालाई स्थान दिनुको साटो उही पुराना उम्मेदबार दोहोरयाउने काम गरिरहेका बेला बुटवल उपमहानगरपालिकामा वडा नं. १५ मा नेपाली काग्रेस पार्टीबाट वडाअध्यक्ष पदमा भने २९ वर्षिय शिव रानालाई उम्मेदबार बनाएको छ । ओभरसियर अध्ययन गरेका उनि निरन्तर सामाजिक क्षेत्रमा परिचित नाम हो ।

रुपन्देहीमा युवामाझ सामाजिक क्षेत्रमा क्रियाशिल रहेका युवा राना पार्टीमा समेत विभिन्न पदमा रहेर योगदान गरेका छन । उनको यही योगदानको मुल्याकन गर्दै पहिलो रोजाईमा उनि आफुलाई नेतृत्वमा पार्न सफल भएका छन । यस क्षेत्रमा खेलकुदसंगै सामाजिक कार्यमा अग्रसर रहेको फुलबारी गाईज, रुपन्देही पुल तथा स्नुकर संघ, नवरात्रा महोत्सव समिति चंकीपुर सहित एक दर्जन बढी क्लबहरुमा समेत उनको लामो योगदान रहेको छ ।

यसैगरि नेपाली काग्रेस पार्टीका तरुण दल वडा सभापतिको भुमिकाका साथै पार्टीको क्षेत्रिय प्रतिनिधिसमेत हुन । उनि कानुन अध्ययनमा अघि बढ्दैछन ।

वडाबासीको घरदैलोमा मत माग्दै हिडेका उनि वडालाई ब्यवसायीक केन्द्र बनाउने, मुक्तिधामलाई पर्यटकिय धामका रुपमा विकास गर्ने, सो वडाका गुम्बा, चर्चको संरक्षण, सुरक्षाका लागि चोकचोकहरुमा सिसिटिभी क्यामरा जडान, खेलकुद पुर्वाधार, चक्रपथको निमार्ण, जेष्ठ नागरिक केन्द्रलाई ब्यवस्थित र हरियाली पार्किङ निमार्र्ण, अब्यस्थित बसोबासीलाई ब्यवस्थित, विद्यालयहरुलाई अपाङमैत्री पुर्वाधार कार्यान्वन गर्ने योजनाहरु सुनाउदै अघि बढेका छन । वडाका दुई वटा खेलकुद मैदानलाई स्तरोन्तती र कृषिलाई आधुनिक बनाउने योजना रहेको उनले बताए ।

यसैगरि युवा स्वरोजगार, उद्यमसिलताको विकास, ब्यवस्थित र ब्यवसायिक कृषिको वडामा योजना ल्याउने, सिचाई, उद्योगहरुलाई ब्यवस्थित गर्ने, मुक्तिघाट शवदाह गृहलाई ब्यवस्थित गर्ने जस्ता मसिना योजनाहरु उनको घोषणपत्रमा उल्लेख छ । सो वडामा ३ हजार ३ सय ९९ सय मतदाता रहेका छन ।

अब युवाको पालो –वडा अध्यक्षका उम्मेदबार श्रेष्ठ

प्राय पाको उम्मेदवारहरुकै बोलाबाला रहेका बेला स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाकाको ६ नम्बर वडामा युवाको नेतृत्व भन्दै व्यवसायबाट राजनीतिमा प्रवेश गरेका अर्को युवाको नाम हो दिपक श्रेष्ठ । लामो राजनितिक परिवर्तन र सरकार परिवर्तन भएपनि युवाहरुको अवस्था परिवर्तन हुन नसकेको लागेपछि आफै नेतृत्व लिएर विकास गर्ने चाहना राखेर स्थानीयतह राजनीतिमा ओर्लेका युवा दिपकसँग धेरै सपनाहरु छन् ।

दिपक श्रेष्ठले राप्रपाबाट बुटवल उपमहानगरपालिका वडा नं ६ बाट उम्मेदवारी दिएका छन् । धेरै राजनितिक पार्टीको सरकार आएपनि युवा र ब्यवसायको हितमा काम हुन नसकेको देख्दा दिपकलाई दिक्दार लाग्छ । २०४६ सालभन्दा पहिला एउटा राजा भएको शान्त देश बहुदल आएपछि भने झन समस्यामा परेको उनको ठहर छ ।

पटकपटक भोट हालेर धेरै पार्टीलाई जिताएका उनी यसपटक भने आफै उम्मेदबार बन्दैछन । उनले आफुलाई राप्रपाको मुद्दा राम्रो लागेर राजनीतिमा आएको बताउछन । भष्ट्राचारको बिरुद्धको नारा र युवा नेतृत्वलाई अवसर दिएको हुँदा आफु राप्रपामा आर्कषित भएको उनि बताउछन । ब्यापार नियमित गरिरहका छौ । उनले भने । अब फरक ढंगबाट राजनीतिमा समेत पहिचान बनाउने चाहनाका साथ सेवा गर्न राजनीतिमा खुलेको छु ।

सबै नीतिको मुल नीति राजनिति भएको हुदा पनि राजनीतिमा युवाको आवश्यकता रहने उनी बताउन । बिसं २०४६ सालको आन्दोलन प्रत्यक्ष हेरेका उनी देशमा चलेका राजनीतिक परिवर्तनलाई अनुभव गरेका छन । ‘धेरै पार्टीको सरकार परिवर्तन भए तर ब्यापारीको पिरमर्का बुझ्ने नेता आउन सकेन ।’– उनले भने ।

लाहुरे बुबासंगै बुटवलमा हुर्किएका उनि बिसं २०५७ सालमा रोयल फेन्सीबाट ब्यापारमा हात हालेका थिए । त्यसपछि लगतै जिप्पर शुभारम्भ गरे । बुटवलमा २०५७ साल सम्म पनि आधुनिक सजावतको आकर्षक पसलहरु थिएनन् । बुटवलमा नै ठुलो लगानीमा साजसजावटको पसल खोल्ने उनि पहिला युवा हुन् । राम्रो नाम र दाम कमाएका उनको यो पेशाप्रति धेरै आर्कषिक भए । बुटवलको ब्यापारमा नया आयाम दिए । बुल्ज आईज क्याफे खोलेर बुटवलबासीलाई अर्गानिक कफिको स्वाद चखाउने काम पनि दिपकले नै गरे ।

सामान्य व्यवसाय हुँदा देखि नै बुटवलमा मारुती कार चढेका उनी त्यसपछि भने पछि फर्कन परेन । ब्यापारबाट नाफा कमाएर गाडी चढेका उनी यसको मर्मत गर्न काठमाडौं वा भारत जानुपर्ने समस्या थियो । यस्तोमा उनी लागे फेरि सानो गाडीको सर्भिसिङमा । बिस्तारै हुदाहुदै गाडीको बिक्री बितरणमा जोड दिए । निशानबाट शुरु गरेका उनी अहिले एक दर्जन बढी लक्जरियस सवारी बिक्रि वितरण र सर्भिसिङको सेवा दिदै आएका छन । कामबाट नै अगाडि बढेका उनको परिवार नै ब्यापारमा छ ।

बुटवलको बाटोका कारण नै समस्या परेको बुटवलबासी पिडालाई आफु जनप्रतिनिधिको रुपमा चुनिएपछि समाधानमा पहल गर्ने बताए । करीब १ अरब लगानीमा संचालन भएको अटो भिल्ला प्रालिमा डेढ सय बढी कर्मचारी छन । म आफै ब्यावसायी हो काम गरेर आफुलाई पुगेको छ । तर राजनितिमा आउनुको मुख्य उद्देश्य सेवा गर्ने हो । विजनेशमात्र केन्द्रीय हुदा स्थानियसंग सम्बन्ध जोड्न नसकेको र आफुसंग भएको आईडिया बाँड्ने अवसर नमिलेकाले स्थानीयसँगको सम्बन्ध बलियो बनाउन र आफ्नो भिजनमाबाट टोल विकास गर्ने चाहानाबाट आफु राजनीतिमा आएको लिपक बताउँछन् ।

वडा नं ६ बुटवलको मुटु भएको उनले बताए । जहाको सौन्दर्यता नै हराएको छ । ब्यापारिक क्षेत्रमा विकासको नाममा धेरै सास्ती झेल्नुपरेको बताउँदै उनले वडामा रहेको समस्या समाधानमा लाग्ने बताए ।

वडाअध्यक्ष भए आफुले त्यो क्षेत्रको सरसफाई र खानेपानीको मुल समस्यालाई हटाउने उनले प्रतिवद्घता जनाए । सरसफाई अभियान, बाटाको निर्माण, स्थानिय लिभिङ स्ड्याण्डर चेन्ज गराउने गरि उनले योजनाहरु बनाएका छन् । एउटा वडा कार्यालयबाट आम नागरिकले पाउने सेवासुविधाहरुमा सहजता ल्याउने, जन्मदर्ता र मृत्युदर्ता सहजता ल्याउँदै घरघरमै सेवा प्रवाह गर्ने, टोलको सुरक्षाका लागि आवश्यक सिसिटिभि क्यामरा जडानको ब्यवस्था गर्ने उनले बताए ।

यसैगरि पालिकामा दर्ता भएका ब्यापारीहरुलाई घरभाडालाई विशेष छुटको ब्यवस्था, अनलाईन रजिष्ट्रेसनबाट कर तिर्ने ब्यवस्था, घरभाडाको दर कम गर्ने, स्थानिय सरकारलाई घरबहाल कर तिरेवापत घरबेटीलाई बिमाको ब्यवस्था, करको दर घटाउने र दायरा बढाउने, ट्राफिक ब्यवस्थापन गर्ने, नाईट मार्केटको विकास गर्ने, धार्मिक पर्यटकिय स्थलको संरक्षण गर्दै वृद्धवृद्धाहरुलाई विश्रामस्थल निर्माण गर्ने जस्ता कामलाई प्राथमिकता गराउने, मानव आश्रयस्थलको निर्माण, खेलमैदानहरु बनाउने लगायतका एजेण्डा उनको छ । वडामा रहेका ४ हजार १ सय ६३ जना मतदाताको मन जित्ने उनि लागेका छन ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : १७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल