२६ बैशाख २०८१, बुधबार | May 9, 2024

एन आई सी एशियाका ग्राहकले पाउने भए २५ प्रतिशत छुट



काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको हो ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्सालज्यू तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार यस बैंकका ग्राहकले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry / Kidney stone Analysis (FT-IR Technology)परिक्षणहरु गर्न सक्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : १८ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s