२९ भदौ २०८३, सोमबार | September 14, 2026

एन आई सी एशियाका ग्राहकले पाउने भए २५ प्रतिशत छुट



काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको हो ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्सालज्यू तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार यस बैंकका ग्राहकले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry / Kidney stone Analysis (FT-IR Technology)परिक्षणहरु गर्न सक्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : १८ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला