५ पुस २०८२, शनिबार | December 20, 2025

आइपिएल : बेंग्लोरसँग चेन्नई १३ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

बेंग्लोरले चेन्नई सुपर किङ्ग्सलाई १३ रनले पराजित गरेको हो । बेंग्लोरले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले आठ विकेट गुमाएर १६० रन मात्र बनायो । चेन्नईका डेभोन कोन्वेले ५६ रन बताए ।

बेंग्लोरका हर्सल पटेलले तीन र ग्लेन म्याक्स्वेलले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बेंग्लोरले आठ विकेट गुमाएर १७३ रन बनाएको थियो । बेंग्लोरका महिपाल लोमरोरले ४२, फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन बताए ।

चेन्नईका महिशले तीन र मोइन अलीले दुई विकेट लिए ।

यो जितसँगै बेंग्लोरले ११ खेलमा १२ अङ्क जोडेर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : ३० बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन