२२ भदौ २०८३, सोमबार | September 8, 2026

तिलोत्तमाका भूमिहिन भन्छन्: लालपूर्जाको लागि एमाले सरकारको पखाईमा छौं



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीहरुले आगामी निर्वाचनमा आफुहरुको समर्थन एमालेका उम्मेदवारलाई रहने बताएका छन् । एमालेले मात्रै आफुहरुलाई जग्गाको धनी बनाउन सक्ने भएकोले एमालेलाई जिताउन लाग्ने उनिहरुले बताए ।

नेकपा एमाले तिलोत्तमाले नगरपालिकाको वडा नं. ३ मा विहिबार गरेको घरदैलोको क्रममा भूमिहिन सुकुम्बासीहरुले आफुहरुले मत दिएर जिताएपछि लालपूर्जा दिलाउन आग्रह गरेका थिए । यसअघिको सरकारले लालपूर्जा दिलाउने भन्दै फारम भरेपनि सरकार परिवर्तन भएपछि उक्त काम अलपत्र परेको भन्दै उनिहरुले यसपटक भने पहिलो काम नै लालपूर्जा वितरणको हुनुपर्ने बताएका थिए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरि, एमाले नेता एवं तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगायतका सयौं नेता कार्यकर्ताहरु सहित नगरप्रमुखका उम्मेदवार मोहन चापागाई र उपप्रमुखका उम्मेदवार जागेश्वरी चौधरी घरदैलोमा पुगेका थिए । वडा नं. ३ को योगिकुटी, शान्तिचोक, सिमानगर लगायतका स्थानमा गरिएको घरदैलोको क्रममा सिमानगरमा कोणसभा समेत गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य लिला गिरिले तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिले जनअपेक्षा अनुरुप काम गरेको भन्दै केहि अधुरा कामहरु मोहन चापागाईको नेतृत्वमा आउने नेतृत्वले पुरा गर्ने बताए ।

उहांले भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानका लागि धेरै काम पुरा गरिसकेपछि एमाले नेतृत्वको सरकार गिराएर बनेको गठबन्धन सरकारले लालपूर्जा दिने कामलाई बीचमै अलपत्र पारेको बताए । नेता गिरीले भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा दिलाउने र तिनाउ नदिलाई व्यवस्थीत गर्ने काम एमालेको नेतृत्वबाटै सम्भव हुने बताए ।

नगरप्रमुख घिमिरेले आफ्नो नेतृत्वमा तिलोत्तमालाई देशकै उत्कृष्ट नगरपालिका बनाएको भन्दै नगरपालिकाले आर्जन गरेको अहिलेको साखलाई बचाउन एमालेकै नेतृत्व आउनुपर्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : १८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार