१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

तिलोत्तमाको गंगोलियामा चिस्यान केन्द्र बनाइँदै



तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १७ गंगोलियामा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।

कृषि उपजलाई लामो समयसम्म हैसियत बिग्रन नदिइ भण्डारण गर्न कोल्डस्टोर प्रयोग गरिन्छ । भण्डारणको उचित व्यवस्था नहुँदा तिलोत्तमाका किसानहरु निर्वाहमुखी कृषि गर्न बाध्य भैरहँदा एमालेले कोल्डस्टोर निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो ।

पार्टीको नगर प्रमुख पदक उम्मेदवार मोहन चापागाईंले किसानलाई कृषि कार्यमा प्रोत्साहन गर्न पनि कोल्डस्टोर निर्माण अनिवार्य रहेकोले प्रतिबद्धताअनुसार कोल्डस्टोर निर्माण गरिने बताए ।

उपप्रमुख पदकी उम्मेदवार जागेश्वरी चौधरीले किसानका समस्याको बारेमा आफू जानकार रहेको बताउँदै किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप काम गरिने बताइन ।

कोल्डस्टोर निर्माण भएपछि किसानले आफूले उत्पादन गरेका आलु, प्याज, तरकारीलगायतका कृषि उपज लामो समयसम्म भण्डारण गरी उपयोग र बिक्रीवितरण गर्न सक्नेछन् । तिलोत्तमा नगरपालिकाले वडा नं. १७ मा कोल्डस्टोर निर्माणको प्रक्रिया अघि बढाइसकेको सन्दर्भमा त्यसलाई निरन्तरता दिएर सफल बनाइने उम्मेदवार चौधरीको प्रतिबद्धता छ । एमाले नेतृत्वको स्थानीय सरकारले तिलोत्तमामा किसानलाई प्रोत्साहन गर्न विभिन्न काम गरिसकेको बताउँदै उनले त्यसलाई आगामी दिनमा अझै राम्रो बनाउने योजना रहेको स्पष्ट पारिन ।

तिलोत्तमाले किसानलाई उत्पादनको आधारमा दुधमा अनुदान, बिउबिजनमा अनुदान, कृषि उपकरणमा अनुदानलगायतका कृषि क्षेत्रको उत्थानको लागि विभिन्न काम गरेको छ । एमालेले हाल रहेका पकेट क्षेत्रलाई विशेष प्रोत्साहन गर्दै अन्य कृषि पकेटहरूको पहिचान गर्ने, सामूहिक खेती प्रणालीलाई नमुनाको रूपमा विकास गर्न अनुदानको व्यवस्था गर्ने, आधारभूत भेटेनरी सेवा र भ्याक्सिनको निःशुल्क व्यवस्थापन गर्ने विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

समुदायलाई कृषि उत्पादनमा आकर्षित गर्ने नीति तर्जुमा गरी विभिन्न कृषि फर्महरू सञ्चालन गर्न प्रोत्साहन गर्ने, कृषि सहकारीको स्थापनाका लागि प्रोत्साहन गरी उत्पादित वस्तु खरिद र सर्वसुलभ रूपमा बिक्रीको व्यवस्था गरिने पनि एमालेले जनाएको छ ।

खाद्यपदार्थ, तरकारी तथा फलफूलको बिक्री वितरणमा स्वस्थकर मापदण्ड लागु गरी अखाद्य, विषाक्त खाद्यवस्तु बिक्री गर्नेलाई तत्कालै कानुनी कारवाही गरी क्षतिपूर्तिको व्यवस्था लागु गरिने पनि एमालेको प्रतिबद्धता छ ।

छाडा चौपाया र अन्य जंगली जनावरबाट समेत हुने बालीनालीको नोक्सानी नियन्त्रण गर्न वनहरूसँग समन्वय गरी जंगल किनारमा तारबार लगाउन सहयोग पुर्याइने पनि एमालेले जनाएको छ । तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन गरिने पनि एमालेले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ५७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात