२९ भदौ २०८३, सोमबार | September 14, 2026

आइएमई पे बाट गोल्डस्टार जुत्ता किन्दा ३०% देखि ३०० सम्मको छुट पाइने



काठमाडौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

२३ बैशाख २०७९, शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा Web Checkout मा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा SMART QR मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : ०९ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा