१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : गठबन्धन १ तोला सुन, एमाले १ क्विन्टल आलु !



तिलोत्तमा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनको नगर स्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै संबिधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गरे ।

महामन्त्री शर्माले आ–आफ्नो दलको प्रचारमा हिडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेद्वारलाईं जिताउन आग्रह गरे । उनले भने,‘नेपाली कांग्रेसको प्रचारमा हिडेका कार्यकर्तालाई माओबादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस् । ’

उनले तालमेल भनेको बिबिधतामा एकता रहेको उल्लेख गर्दै जिवन बिबिधताकै कारणले चल्ने उल्लेख गरे । ‘जिवन भनेको बिबिधताकै कारणले चल्छ, चिन्दै नचिनेको संग बिहे भएर जिवन बित्छ, यहाँ त संगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस् ।’ उनले भने, – ‘तालमेल पानी, दुध, चिनी, अदुवा र चियापत्तीको मिश्रण जस्तै मिठो हुनु पर्छ ।’

केपी ओलीमाथी निकै आक्रोस पोखेका महामन्त्री शर्माले ओलीले एमालेलाई क्विन्टल र अन्य दललाई किलोको संज्ञा दिएकोमा प्रतिबाद गर्दै एमाले क्विन्टलनै भएपनि कांग्रेस तोला भएको तर्क गरे । उनले भने, ‘ओलीजीले एमालेलाई क्विन्टल भन्नुहुन्छ, अन्य दललाई किलो । यसमा म के भन्छु भने, उहाँ क्विन्टल नै हुनुस्, तर हामी किलो होईनौँ । हामी तोला हौँ । एक तोला सुन र एक क्वीन्टल आलुमा हुने मुल्यको फरक बुझ्नुहोस् ।’

उनले तिलोत्तमामा गठबन्धनका उम्मेद्वारहरुले जारी गरेको प्रतिबद्धता पत्रको प्रशंसा समेत गरे । उनले तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना निकै उत्कृष्ट रहेको उल्लेख गरे । शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको निकै तारिफ समेत गरेका थिए । उनले जनताको स्वास्थ्य भन्दा ठुलो जनप्रतिनिधि बस्ने भवन आवश्यक नरहेको उल्लेख गरे ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एव लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्रीले संविधान बचाउनको लागि गरिएको गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । उनले केपि ओलीले सत्ता गठबन्धन प्रति कटाक्ष गरेको स्मरण गर्दै एमाले डराएर जुन पायो त्यही दलसंग गठबन्धन गर्दा ९ दल संग गठबन्धन गरेको टिप्पणि गरे ।

आमसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अझैपनि नेपाली समाजमा महिलाहरुलाई माथि उठ्न नदिईएको बताउँदै यसको अन्त्यको लागि नेपाली कांग्रेसलाई तीनवटै तहमा बिजयी बनाउन आग्र गरिन् । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको मुद्दा नेपाली कांग्रेसले उठाएको बताउँदै संघीय संसद संसदिय दलका सचेतक समेत रहेकी भुसालले महिलाहरुका एजेण्डालाई जोडतोडका साथ उठाउन आग्रह गरिन् । उनले संविधानको रक्षाको लागि गठबन्धन भएको उल्लेख गर्दै तालमेलका उम्मेद्वारलाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गरिन् ।

गठबन्धनले तिलोत्तमामा मेयर र उपमेयर दुबै पदमा पुरुष उठाएको छ ।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाड््ने बाहेक अन्य केही काम नगरेको बताए । उनले वीर गोर्खालीको उपमा पाएको नेपालीलाई खाडिमा बस्नुपर्ने बाध्यता रहेको बताए । कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन, भेण्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने,–’कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन भेण्टिलेटर खोजेको बेला तत्कालीन प्रधानमन्त्री केपि ओलिले आफैले बनाएको पानी जहाजमा डुल्दा डुल्दै कसैलाई साथमा राख्न सकेनन् ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार एव नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवारी दिएको बताए । उनले तिलोत्तमामा एकिकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, ब्यवसाय कर कटौती, ३० युनिट सम्म विद्युत निशुल्क ब्यवस्था, फोहोरमा लिइदै आएको कर मिनाह, भित्री सडक कालोपत्रे गर्दा जनताको पैसा नलाग्ने, महिलालाई स्वरोजगार एव आत्मनिर्भर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गठबन्धन जित्न र सबै दलको समान सहभागिताको लागि गरिएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै गठबन्धनबाट तिलोत्तमाको उपमेयरका उम्मेदवार हेमराज पाण्डे (हेमन्त) ले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिब हरि काफ्ले, माओबादी केन्द्रका तिलोत्तमा नगर ईन्चार्ज बेल प्रसाद शर्मा लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : २६ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल