१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पत्रकारले मतदानको दिन सवारी अनुमतिपत्र कसरी लिने ?



बुटवल । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकको मतदानका दिन पत्रकार तथा सञ्चारगृहहरुलाई सवारी संचालन गर्ने मादण्ड सार्वजनिक गरेको छ । आयोगले उपत्यका र उपत्यका बाहिरका सञ्चारकर्मीहरुका लागि छुट्टाछुट्टै मादण्ड तोकेको छ ।

आयोगका अनुसार उपत्यकाको हकमा प्रमुख जिल्ला अधिकारीबाट बोर्डसिटका दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनका लागि ५ र समाचार संकलनका लागि २० वटा सवारी साधनको अनुमति दिन सक्नेछन् भने दैनिक पत्रिकाहरुले कार्यालयका लागि ५ र समाचार संकलनका लागि १० गरि १५ सवारी साधनलाई अनुमति प्रदान गर्न सक्ने छन् ।

त्यसैगरी उपत्यकाका साप्ताहिकलाई ३ वटा, टेलिभिजनका लागि १० वटा, रेडियो एफएमलाई कार्यालयका लागि १ सहित ७ वटा, अनलाईनका लागि कार्यालय प्रयोजनलाई २ सहित ५ वटा, फोटो पत्रकारलाई प्रत्येक संस्थाबाट ५ वटा र राससलाई ५ वटा सवारी साधन संचालन अनुमति पत्र प्रमुख जिल्ला अधिकारीबाट लिनु पर्ने मापदण्ड निर्देशिकामा उल्लेख छ ।

त्यसैगरि उपत्यका बाहिरका सञ्चारकर्मीका हकमा भने सुचना तथा प्रशारण विभागले तोकेको वा स्थानीय पत्रकार महासंघको सिफारिसमा प्रत्यक सञ्चार संस्थाले ५ वटासम्म सवारी अनुमति प्राप्त गर्न सक्ने आयोगले मापदण्ड बनाएको छ ।

अनुमतिपत्रका लागि प्रमुख जिल्ला अधिकारी समक्ष आधिकारीक लेटरपेडमा सवारी नम्बर र सवारी चलाउने सञ्चारकर्मीको नामा उल्लेख गरी २८ गते भित्र निवेदन दिनुपर्ने आयोगले तोकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : २४ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने