१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पत्रकारले मतदानको दिन सवारी अनुमतिपत्र कसरी लिने ?



बुटवल । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकको मतदानका दिन पत्रकार तथा सञ्चारगृहहरुलाई सवारी संचालन गर्ने मादण्ड सार्वजनिक गरेको छ । आयोगले उपत्यका र उपत्यका बाहिरका सञ्चारकर्मीहरुका लागि छुट्टाछुट्टै मादण्ड तोकेको छ ।

आयोगका अनुसार उपत्यकाको हकमा प्रमुख जिल्ला अधिकारीबाट बोर्डसिटका दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनका लागि ५ र समाचार संकलनका लागि २० वटा सवारी साधनको अनुमति दिन सक्नेछन् भने दैनिक पत्रिकाहरुले कार्यालयका लागि ५ र समाचार संकलनका लागि १० गरि १५ सवारी साधनलाई अनुमति प्रदान गर्न सक्ने छन् ।

त्यसैगरी उपत्यकाका साप्ताहिकलाई ३ वटा, टेलिभिजनका लागि १० वटा, रेडियो एफएमलाई कार्यालयका लागि १ सहित ७ वटा, अनलाईनका लागि कार्यालय प्रयोजनलाई २ सहित ५ वटा, फोटो पत्रकारलाई प्रत्येक संस्थाबाट ५ वटा र राससलाई ५ वटा सवारी साधन संचालन अनुमति पत्र प्रमुख जिल्ला अधिकारीबाट लिनु पर्ने मापदण्ड निर्देशिकामा उल्लेख छ ।

त्यसैगरि उपत्यका बाहिरका सञ्चारकर्मीका हकमा भने सुचना तथा प्रशारण विभागले तोकेको वा स्थानीय पत्रकार महासंघको सिफारिसमा प्रत्यक सञ्चार संस्थाले ५ वटासम्म सवारी अनुमति प्राप्त गर्न सक्ने आयोगले मापदण्ड बनाएको छ ।

अनुमतिपत्रका लागि प्रमुख जिल्ला अधिकारी समक्ष आधिकारीक लेटरपेडमा सवारी नम्बर र सवारी चलाउने सञ्चारकर्मीको नामा उल्लेख गरी २८ गते भित्र निवेदन दिनुपर्ने आयोगले तोकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : २४ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा