२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित



काठमाडौं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा ३ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रन जोडे । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले जिम्बावे सामू १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सीमित भएको थियो

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन