२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

आइपिएल : मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित



काठमाडौं । इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ ।

शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पा-यो।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ३८ बजे

समानुपातिकको मतगणना जारी : समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम