२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

प्रिमियर लिग : मर्सिसाइड क्लबको उपाधि जित्ने अभियानमा धक्का



काठमाडौं । इङग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलको उपाधि जित्ने अभियानमा ठूलो धक्का पुगेको छ । शनिबार एनफिल्डमा सम्पन्न खेलमा टोटनहमसँग १-१ को बराबरी खेलेपछि लिभरपुलको अभियान कठिन बनेको हो ।

जितपछि लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्ले पनि उसलाई म्यानचेस्टर सिटीको उछिन्न सक्नेछ ।

दुवै टिम समान ८३ अंकमा छन् र सिटीले एक खेल कम खेलेका छ। शनिबार भएको खेलमा टोटनहमले सन ह्वेङ-मिनको गोलले अग्रता लिएको थियो । लिभरपुलका लागि लुइस डिजायले बरारबी गोल फर्काए ।

खेलको ५६औं मिनेटमा सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७४ औं मिनेटमा डियाजले बराबरी गोल फर्काए ।

लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ । जसमा टोलीले १३ जित र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

शनिबारकै अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ४-० ले हराएको छ । यसले म्यानचेस्टरको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना अधुरो रहने सम्भावना बढेको छ ।

अन्य खेलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई १-०, एस्टन भिल्लाले बर्नलीलाई ३-१ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-० ले हरायो । हारले वाटफोर्ड प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ३२ बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन