२३ भदौ २०८३, मंगलबार | September 8, 2026

जेठ १५ को बजेट गठबन्धनको अन्तिम बजेट हुने छ : केपी ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्काइसौ सताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् । बुटवलमा एमालेले गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताए ।

उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै प्रचण्डले आफ्नो छोरीले मत पाएन भने देश दुर्घटनामा पर्ने भन्दै हिंडेको बताए । ‘गठबन्धन टिकोस की, गठबन्धन भिरबाट लडोस् जनतालाई के मतलव ? मेरो छोरीलाई भोट दिएन भने दुर्घटना हुन्छ भनेर जनता तर्साईरहेका छन् । एककाइसौं सताब्दीका जनता तर्साएर तसिंदैनन् ।’ ओलीले भने ।

उनले २७ वर्ष सरकारमा बस्दा ४२ वटा उद्योग बेचेर खाने बाहेक अरु केहि काम नगरेको बताए । कांग्रेसले सुकुम्बासीले लालपुर्जा पाउने बेला जहिलेपनि सरकार ढाल्ने काम गरेको आरोप लगाए ।

बैशाख ३० गते एमालेलाई विजयी होईन दिग्बिजयी बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले भोलीका दिनमा एमालेले संघीय र प्रदेश सरकार बनाउँदा बिनियोजित हुने बजेट अलपत्रबाट जोगाउन स्थानीयतहबाटै एमालेलाई जिताउन आवश्यक रहेको बताए । उनले एमालेको विजयी यात्रा स्थानीय तहबाटै तय हुनु पर्ने बताए ।

उनले एमालेले विकासका सवालमा कहिल्यै पैसा छैन नभनेको उल्लेख गर्दै वर्तमान सरकार आएदेखि नै अलक्षिण पसेको बताए । बैशाख ३० गतेको चुनावले देशमा परेको अलक्षिणलाई जरैदेखि उखेलेर फाल्नु पर्ने ओलीले बताए । थपिएका नयाँ मतदाताहरुलाई पनि उनले पहिलो पटक मतदान गर्दा एमालेलाई मत दिएर विकासको पक्षमा उभिन आग्रह गरे ।

‘बुटवलको विकासको जिम्मा एमालेको । सुर्यमा मत दिएर मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई जिताउने काम तपाईंहरुको ।’ ओलीले भने । उनले गठबन्धनका नेताहरु युवाहरुलाई फ्री भिसामा विदेश पठाउँछु भन्दै हिँडेको आरोप लगाउँदै एमालेले युवाहरुलाई विदेश पठाउने कुरा नगर्ने बताए ।

अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने ठोकुवा गर्दै भोट नदिए बजेट पठाईंदैन भन्दै हिँड्नुको अर्थ नभएको बताए । ‘गठबन्धनलाई मत नदिए मत दिन्न भन्दै हिँडेका छन् । बजेट यीन्को खल्टीबाट दिने हो ?’ ओलीले प्रश्न गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०० बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३