२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुराका गठबन्धनका उम्मेदवारले गरे गाँउपालिकालाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन आवद्ध नेताहरुले आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । गाँउपालिकामा माओवादी र कांग्रेस र वडा स्तरमा नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा उत्रिएको गठबन्धन आवद्ध नेताहरुले चुनाव नजिकिँदै जाँदा आफ्नो पक्षमा समर्थन बढेको दाबी गरेका हुन् ।

गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताए । उनले गाँउपालिकाका ८ वडामध्य १ देखि ४ सम्मका ५ वडामा ५ दलीय गठबन्धन भएको छ भने वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीले अध्यक्ष पदको उम्मेदवारी पाएको जानकारी दिए ।

पालिकाका सबै वडामा गठबन्धनले गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको तुफानले बताए । खजुरामा गठबन्धनतर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले गाँउपालिका गठबन्धनमय बन्दै गएको दाबी गरिन् ।

गठबन्धनले आईतबार गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार प्रसार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले आफ्नो ठाउँका समस्या सुनाएका थिए ।

वडा नम्बर २, सीतापुर पुगेका उम्मेदवार सहितको टोलिले जनतासँगको भेटघाटमा वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्नै प्रतिवद्धता जनाए । आफूले निर्वाचन जिते भ्रष्टाचारलाई शून्य सरह बनाउने अध्यक्ष पदका उम्मेदवार तुफानले बताएका थिए । उनले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई समाधान गर्नका लागि समेत अग्रसरता लिने बताए।

उपाध्यक्ष पदका उम्मेदवारी मल्लले आफू निर्वाचन भएपश्चात सबैलाई समान रुपम सेवा दिने बताइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी