२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको पहलमा संयुक्त अपिल



काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ ।

शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । त्यसयता पनि चौरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय