१६ माघ २०८२, शुक्रबार | January 31, 2026

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला



काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका–२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन् ।

विगत ३ दिनदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

गोरखाको भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका–४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको महाकाल गाउँपालिका–२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ गोबरियास्थित नालामा सोही नगरपालिका–१८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–८ सप्तकोशी नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी ९पूर्व०को मध्यबिन्दु नगरपालिका–१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका–६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कावासोती नगरपालिका–१३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ३० बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी