२८ असार २०८३, आइतबार | July 12, 2026

मत तान्ने अनेक उपाए, ओलीले अपमान गरेको लखन थापाको सालिकमा माल्यार्पण गर्न पुगे खेलराज



बुटवल । स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १५ दिन बाँकी रहँदा सम्म लखन थापाको अपमान गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाउने जनमुक्ति पार्टीका कार्यकर्ता चुनावमा एमालेसँगै गठबन्धन गरिरहँदा बुटवलमा काँग्रेसका मेयर पदका उम्मेदवार भने ओलीले अपमान गरेको लखन थापाको सालिकमा माल्यार्पण गर्न पुगेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नेपाल सरकारले प्रथम शहिद घोषणा गरेको लखन थापा मगरको शालिकमा माल्यार्पण गरेर सोमबारको घरदैलो प्रारम्भ गरेका छन् ।

नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुगेका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यणपण गर्दै श्रद्धासुमन ब्यक्त गरे ।

नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले आजको घरदैलो कार्यक्रमको सुरुवात गरेको पाण्डेले बताए । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उनले भने ।

एमाले अध्यक्ष ओलीले १ महिना पहिले काठमाडौंको एक कार्यक्रममा नेपालको प्रथम सहिद लखन थापा नभएको बताएका थिए । ओलीले नेपालको पहिलो सहिद बाँकाबीर भएको घोषणा समेत गरेका थिए ।

ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संङ्घे रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : २२ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै