११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मत तान्ने अनेक उपाए, ओलीले अपमान गरेको लखन थापाको सालिकमा माल्यार्पण गर्न पुगे खेलराज



बुटवल । स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १५ दिन बाँकी रहँदा सम्म लखन थापाको अपमान गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाउने जनमुक्ति पार्टीका कार्यकर्ता चुनावमा एमालेसँगै गठबन्धन गरिरहँदा बुटवलमा काँग्रेसका मेयर पदका उम्मेदवार भने ओलीले अपमान गरेको लखन थापाको सालिकमा माल्यार्पण गर्न पुगेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नेपाल सरकारले प्रथम शहिद घोषणा गरेको लखन थापा मगरको शालिकमा माल्यार्पण गरेर सोमबारको घरदैलो प्रारम्भ गरेका छन् ।

नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुगेका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यणपण गर्दै श्रद्धासुमन ब्यक्त गरे ।

नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले आजको घरदैलो कार्यक्रमको सुरुवात गरेको पाण्डेले बताए । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उनले भने ।

एमाले अध्यक्ष ओलीले १ महिना पहिले काठमाडौंको एक कार्यक्रममा नेपालको प्रथम सहिद लखन थापा नभएको बताएका थिए । ओलीले नेपालको पहिलो सहिद बाँकाबीर भएको घोषणा समेत गरेका थिए ।

ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संङ्घे रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : २२ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम