६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बुटवलमा मतदाताको उत्साह उच्च, मतदानस्थलमा बिहानैबाट ठुलो उपस्थिति (फोटो फिचर)



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनको माध्यमबाट एमालेले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको बताएका छन् । बुटवल स्थित सडक डिभिजन मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले लोकतन्त्रका उच्चतम अभ्यासकारुपमा निर्वाचन भईरहेको बताए ।

उनले एमालेले यही निर्वाचनको माध्यमबाट संविधानले परिकल्पमना गरेको विकास समृद्दी र समाजवाद प्राप्ती गर्न चाहेको बताए । संविधानको परिकल्पना पुरा गर्न पनि निर्वाचनको भूमिका हुने पौडेलको भनाई छ ।

सोही मतदान केन्द्रमा मतदान गरेर निस्कंदै गरेका बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरमा काँग्रेस उम्मेदवार खेलराज पाण्डेले मतदाताहरुको उत्साहप्रद उपस्थितीले आफुलाई हौसला प्रदान गरेको बताए । मतदाताको माया, विश्वास र मत पाउने विषयमा आफु विश्वस्त रहेको पनि उनले बताए ।

बुटवलमा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले पनि जनताको अपार उपस्थितीबाट आफु विजय बन्ने कुरामा ढुक्क रहेको बताए । भट्टराईले बुटवल ६ चाँदवारीको खानेपानी मतदान केन्द्रबाट मतदान गरेका थिए ।

बुटवलमा बिहान पानी परेपनि मतदानको समय नजिकिँदै गर्दा पानी बन्द भएर बादल लागेको थियो । अहिले पनि बुटवलमा बाक्लो बादल लागेको छ । मतदाताहरु सितल समयको उपयोग गर्दै मतदान स्थलमा भेला भएका छन् । रुपन्देहीको सबै मतदान केन्द्रमा ७ देखि ७ः३०काबीच मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानै पानी परेका कारण कतिपय मतदान केन्द्रहरुमा हिलो र पानी जमेको छ भने मौसम अझै खराव भएका कारण कतिपय मतदान केन्द्रहरुमा त्रिपाल थप गर्नु पर्ने अवस्था पनि देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : २२ बजे

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र