१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, निर्वाचनका लागि साढे ४ हजार सुरक्षाकर्मी खटिए



बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्र प्रहरी ६०० परिचालन गरिएको पाण्डेले बताए । तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ ।

पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी छन् ।

मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ३५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु