१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा ३५ सय बढी मतले खेलराज पाण्डेको अग्रता कायमै



बुटवल । लुम्बिनी प्रदेशमा राजनीतिक गतिविधिको मुख्य केन्द्र रहँदै आएको बुटवलमा एमाले उम्मेदवार पछि पर्ने क्रम जारी छ ।

एमालेका हेभिवेट नेताहरु भएको बुटवलमा एमाले उम्मेदवार गठबन्धनका उम्मेदवारभन्दा पछि परिरहेका छन् । मेयरका दुई मुख्य प्रतिस्पर्धीबीचको अन्तर मत पनि निरन्तर बढ्दै गएको छ ।

१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।

पाण्डेले १० हजार ६११ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गरेका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि रहेका छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले २ हजार ३६३ मत प्राप्त गरेकी छन् ।

बुटवलमा १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र,४,५,१६ र १७ मा कांग्रेसले जितेका छ ।

अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।

बुटवलमा यसअघि २०७४ को निर्वाचनमा एमालेले मेयर उपमेयर जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : २२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर