बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा ४ वटै वार्डमा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।
नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मत सहित विजयी भएका छन् भने २ मा काँग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगरि वडा नम्बर ३ मा काँग्रेसकै बावुराम खत्रीले ४८७ वडा नम्बर ४ मा लिलाधर आचार्य ५५७ मतका साथ प्यानल सहित विजयी भएका छन् ।
रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेको गुल्मीकाट पत्रकार रिया क्षेत्रीले जानकारी दिएकी छन् ।


















प्रतिक्रिया