२४ भदौ २०८३, बुधबार | September 9, 2026

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते भएको निर्वाचनमा दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष पद माओवादी केन्द्रले जितेको छ ।

माओवादी उम्मेदवार छवि सुवेदीले आफ्ना निकतटम प्रतिद्वन्द्वी भन्दा ६५६ मत बढी ल्याएर विजयी भएका छन् ।

सुवेदीले ३ हजार २०० मत ल्याएका छन् । नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५४४ मत ल्याएका छन् । नौमुलेमा नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत ल्याएर तेस्रो बने ।

कर्णाली प्रदेशको दैलेखमा यसअघि कमजोर उपस्थिति रहे पनि युवा र वौद्धिक नेता सुवेदीले माओवादीलाई सम्मानयुक्त स्थानमा पुर्यएका छन् । दैलेखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दैलेखमा माओवादी शुन्य अवस्थामा रहेको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । शाहीले २८४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् भने तेस्रो स्थानमा रहेको एमालेकी गीत चन्दले १९१८ मत मात्र पाइन् ।

माओवादी सशस्त्र युद्धकालमा नौमुले निकै चर्चित स्थान बनेको थियो ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ५३ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने