१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते भएको निर्वाचनमा दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष पद माओवादी केन्द्रले जितेको छ ।

माओवादी उम्मेदवार छवि सुवेदीले आफ्ना निकतटम प्रतिद्वन्द्वी भन्दा ६५६ मत बढी ल्याएर विजयी भएका छन् ।

सुवेदीले ३ हजार २०० मत ल्याएका छन् । नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५४४ मत ल्याएका छन् । नौमुलेमा नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत ल्याएर तेस्रो बने ।

कर्णाली प्रदेशको दैलेखमा यसअघि कमजोर उपस्थिति रहे पनि युवा र वौद्धिक नेता सुवेदीले माओवादीलाई सम्मानयुक्त स्थानमा पुर्यएका छन् । दैलेखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दैलेखमा माओवादी शुन्य अवस्थामा रहेको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । शाहीले २८४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् भने तेस्रो स्थानमा रहेको एमालेकी गीत चन्दले १९१८ मत मात्र पाइन् ।

माओवादी सशस्त्र युद्धकालमा नौमुले निकै चर्चित स्थान बनेको थियो ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ५३ बजे

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको