बुटवल । बुटवल उपमहानगरको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । रुख चिन्ह स्विकार गरेर वडा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडा अध्यक्ष जितेका हुन् ।
उनले १३१९ मत ल्याएर चुनाव जितेका हुन् । उनको निकटम प्रतिद्वन्दीमा एमालेका घनश्याम चापागाईले १३१० मत प्राप्त गरे । ३ नम्बर वडामा सदस्यहरुको सबै पद कांग्रेस उम्मेदवारहरुले जितेका छन् ।
निर्वाचन आयोगका अनुसार सदस्यपदमा आई प्रसाद राई र आदील अहमद, महिलो सदस्यमा निलम गौतम र दलित महिला सदस्यमा प्रेमशिला धोबी निर्वाचित भएका छन् ।



















प्रतिक्रिया