२८ असार २०८३, आइतबार | July 13, 2026

कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार



जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेसको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् ।

यो त्यही वडा हो, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।

कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्रो भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्रोह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दोस्रो बने ।

२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै सोही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए ।

तर, यो पटक भने माओवादी विजयी भएको हो ।

वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली