८ पुस २०८२, मंगलबार | December 23, 2025

कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार



जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेसको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् ।

यो त्यही वडा हो, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।

कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्रो भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्रोह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दोस्रो बने ।

२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै सोही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए ।

तर, यो पटक भने माओवादी विजयी भएको हो ।

वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३५ बजे

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल