१२ पुस २०८२, शनिबार | December 27, 2025

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी



सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।

कुशवाह पेशाले शिक्षक हुन् । उन्ले निर्वाचन भन्दा केही समय पहिला उम्मेदवारी दिनकै लागि पदबाट राजिनामा दिएका थिए । उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभू विद्यालयका प्रधानाध्यापक थिए ।

यस्तै उपमेयर पदमा पनि माओवादी केन्द्रकी उम्मेदवार कोशिला देवी विजयी भएकी छिन् । उन्ले ४३५१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले ३७४० मत मात्र प्राप्त गरिन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सो पालिकामा लोकतान्त्रिक समाजवादीले जितेको थियो ।

यस्तै यस पालिकाको बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने, वडानम्बर ९, १० र ११ गरी ३ वडामा माओवादी केन्द्र विजयी भएको छ । यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ५६ बजे

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा