२८ असार २०८३, आइतबार | July 13, 2026

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी विजयी



काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा विजयी भएका छन् ।

माओवादीका केन्द्रीय सदस्य एवं सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्ण सापकोटाले आफ्ना प्रतिद्वन्द्वीलाई ४ हजार २ सय ८७ मतको फराकिलो अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्।

सापकोटाले ११ हजार ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्र बहादुर नेपालले ६ हजार ७८५ मत मात्र प्राप्त गरे

उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीृकत समाजवादीका उम्मेदवार सीता थापा निर्वाचित भएकी छिन्। थापा ९ हजार ७२६ मत ल्याएर विजयी भइन । उनका प्रतिद्वन्द्वी एमालेकी बाल कुमारी सापकोटाले ६ हजार ८७७ मत ल्याइन्।

१४ वटा वडामध्ये माओवादीले पाँच वटा वडा जितेको छ । एमाले र कांग्रेसले ४÷४ वटा वडा जितेका छन् भने एक वडामा एकीकृत समाजवादी विजयी भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : १७ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली