काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा विजयी भएका छन् ।
माओवादीका केन्द्रीय सदस्य एवं सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्ण सापकोटाले आफ्ना प्रतिद्वन्द्वीलाई ४ हजार २ सय ८७ मतको फराकिलो अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्।
सापकोटाले ११ हजार ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्र बहादुर नेपालले ६ हजार ७८५ मत मात्र प्राप्त गरे
उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीृकत समाजवादीका उम्मेदवार सीता थापा निर्वाचित भएकी छिन्। थापा ९ हजार ७२६ मत ल्याएर विजयी भइन । उनका प्रतिद्वन्द्वी एमालेकी बाल कुमारी सापकोटाले ६ हजार ८७७ मत ल्याइन्।
१४ वटा वडामध्ये माओवादीले पाँच वटा वडा जितेको छ । एमाले र कांग्रेसले ४÷४ वटा वडा जितेका छन् भने एक वडामा एकीकृत समाजवादी विजयी भएको छ ।



















प्रतिक्रिया