६ आश्विन २०८३, मंगलबार | September 22, 2026

गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी



गैंडाकोट । नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतअन्तरले पराजित गरेका हुन् ।

अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतअन्तरले निर्वाचित भएका थिए ।

उपमेयरकी उमेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतअन्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उमेदवार निर्वाचित भए भने छ वडामा एमालेका उमेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : २२ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा