७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु



नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरकाे गैँडाकोटमा बसकाे ठक्करबाट २ जना मृत्यु भएकाे छ । गैँडाकोट-१० भैसाखाेरीमा गैँडाकोटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा २ जनाकाे मृत्यु भएकाे हाे ।

बसकाे ठक्करबाट गैँडाकोट ११ निवासी पुष्पराज श्रेष्ठका ७ वर्षीय छाेरा विशाल श्रेष्ठकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले बताए ।

त्यसैगरी बसकाे ठक्करबाट गम्भीर घाईते बालकका मामाघरका हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ वर्षीया श्रीमाया मानन्धरकाे पनि उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएकाे छ ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ७ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई