१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

देवदहमा गठबन्धनलाई पछि पार्दै मेयर, उपमेयर दुबैमा एमालेको अग्रता



देवदह । रुपन्देहीको देवदहमा मतगणना जारी रहेको छ । देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत ३३७०० मत गनेर भ्याउँदा नेकपा एमालेका मेयर पदका उमेद्वार धुव्र प्रसाद खरेलले १२००५ र उपप्रमुख तर्फ विद्या लक्ष्मी गुरुङ्गले १२७९७ मत प्राप्त गरेका छन ।

प्रमुख पदका नेपाली काङ्ग्रेसका उमेद्वार हिरा बहादुर खत्रीले १०६५९ प्राप्त गरेका छन भने नेकपा माअ‍ेवादी कैन्द्रको उपप्रमुखतर्फ सुन्दरी गीरीले ६७९५ मत प्राप्त गरेकी छिन ।

राप्रपाका मेयर पदका उमेद्वार माधव प्रसाद रिमालले ४९०४ र उपमेयर तर्फ ४०७२ मत प्राप्त गरेका छन । खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन भने गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन् ।

देवदह नगरपालिकामा वडा नम्बर १, ३, ४, १२ मा नेपाली कांग्रेसको विजयी भएको छ । त्यस्तै वडा नम्बर २, ६ नेकपा एमालको प्यानल भएको छ भने वडा नम्बर ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार ७ सय मत गणना भई सकेको छ। बांकी रहेका वडामा नेकपा एमालेको बलियो गढको रुपमा रहेकोले आफूले जित निकाल्ने दावी एमालेको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ५३ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन