१२ पुस २०८२, शनिबार | December 27, 2025

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका मेयर जित्यो सिके रावतको पार्टीले



सप्तरी । सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा सीके रावत नेतृत्वको जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्।

माझीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए।

उपमेयरमा जसपाकी सरिता यादव पुनस् उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय भईन्। उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गरिन्। यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित भएकी थिइन्।

त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजय भएका छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ३५ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको