७ आश्विन २०८३, बुधबार | September 23, 2026

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेसका राजकुमार महतो विजयी, उपाध्यक्षमा माओवादीका गीतादेवी



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दिपेन्द्रकुमार चौधरी विजयी भएका छन् । योसँगै सर्लाहीमा कांग्रेसले नौ पालिकामा जित निकालेको छ । माओवादी दुई पालिकामा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई