२३ बैशाख २०८१, आइतबार | May 6, 2024

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेसका राजकुमार महतो विजयी, उपाध्यक्षमा माओवादीका गीतादेवी



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दिपेन्द्रकुमार चौधरी विजयी भएका छन् । योसँगै सर्लाहीमा कांग्रेसले नौ पालिकामा जित निकालेको छ । माओवादी दुई पालिकामा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ०२ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa