२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जमा गठबन्धनबाट प्रशान्त र कमरुद्दीन विजयी



नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् ।

उनले २३४६० मत ल्याएर मेयर पदमा विजयी भएका हुने । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाद मिश्राले ११६७५ मत पाएका छन् भने चुनावका मुख्खैमा माओवादी छाडेर राप्रपा प्रवेश गरि मेयरको उम्मेदवार बनेका नन्दलाल बैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् ।

नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वार्ड जितेको छ भने जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ । ५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ५२ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट