२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपालगन्जमा गठबन्धनबाट प्रशान्त र कमरुद्दीन विजयी



नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् ।

उनले २३४६० मत ल्याएर मेयर पदमा विजयी भएका हुने । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाद मिश्राले ११६७५ मत पाएका छन् भने चुनावका मुख्खैमा माओवादी छाडेर राप्रपा प्रवेश गरि मेयरको उम्मेदवार बनेका नन्दलाल बैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् ।

नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वार्ड जितेको छ भने जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ । ५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ५२ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको