१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मुसीकोटको मेयरमा १३ मतले कांग्रेसका महेन्द्र केसी विजयी



रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याए ।

मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ ।

यस्तै बाफीकोट गाउँपालिकामा समेत नेपाली कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : १८ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं