२४ भदौ २०८३, बुधबार | September 9, 2026

शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरको घोषणा- आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु



भैरहवा । सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरुलाई सपथ ग्रहणगराएका छन् । सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन ।

१३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ बाट जसपाका उज्जवल पोखरेल, २ बाट राप्रपाका छेदीलाल श्रीवास्तव, ३ बाट राप्रपाका नारायण उपाध्याय, ४ बाट राप्रपाका मुक्तिनाथ यादव, ५ बाट नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ, ६ बाट नेपाली कांग्रेसका वीरेन्द्र नाथ श्रीवास्तव, ७ बाट नेपाली कांग्रेसका दामोदर शर्मा घिमिरे र ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा निर्वाचित भएका छन । यस्तै वडा नम्बर ९ बाट एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट एमालेका दिलीपकुमार यादव, वडा नम्बर १२ बाट एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट कांग्रेसका सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए । उनले आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता जनाउदै भएका वृक्षहरुको संंरक्षण र सम्वर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ३ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको