७ पुस २०८२, सोमबार | December 22, 2025

रुरुक्षेत्र गाँउपालिका अध्यक्ष यदु ज्ञवालीको पहिलो निर्णय : सबै नागरिकको न्युनतम विद्युत महसुल पालिकाले तिरिदिने



गुल्मी । झण्डै ३५ वर्षको एमाले विरासतलाई ढालेर गुल्मीको रुरु गाँउपालिका अध्यक्ष बनेका यदु ज्ञवालीले पद बहाल गरेकै दिनमा लोकप्रिय निर्णय गरेका छन् । नवनिर्वाचित यदु ज्ञवालीले पदबहालीको पहिलो दिन गाउँपालिकाभर सम्पुर्ण घरधुरीको न्युनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेका छन । शुक्रबार पद तथा गोपनियताको सपथ खाएर पदबहाली गरे लगत्तै ज्ञवालीले यस्तो निर्णय गरेका हुन् ।

पहिलो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिएको जनाए। उनले जनताले दिएको अमुल्य भोटलाई सदुपयोग गर्दै जनमुखी काममा निरन्तर लाग्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : २३ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र