२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलमा मेयरमा खेलराज पाण्डे र उपमेयरमा सावित्रा अर्यालको जित निश्चित



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डे र उपमेयरमा एमाले जनमुक्ति गठबन्धनबाट सावित्रा अर्यालको जित निश्चित भएको छ । बुटवलका १९ वडा मध्ये १८ वडाको गणना सम्पन्न हुँदा मेयर पदमा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेको तथा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा एमाले उम्मेदवार अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनीहरुको जित निश्चित भएको हो ।

बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराजको नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि छन् । खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । एमाले उम्मेदवार सावित्राको तुलनामा एकीकृत समाजवादीका उम्मेदवार गुरुङ धेरै कमजोर देखिएका छन् ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

कांग्रेस नेता स्व. सुर्यप्रसाद प्रधानको कार्यकालको झण्डै ३० वर्ष पछि मेयर पदमा एमाले किल्ला भत्काउँदै कांग्रेसले नेतृत्व लिन सकेको हो । यस चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह वार्ड, निवर्तमान मेयरको गृह वार्ड, लोकप्रिय मानिएका एमालेका नेता भोज प्रसाद श्रेष्ठको वार्ड तथा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको वार्डमा समेत कांग्रेसले कब्जा जमाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ५३ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको