४ पुस २०८२, शुक्रबार | December 19, 2025

होङ्सी सिमेन्टले राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले होङ्सी सिमेन्ट उद्योग सञ्चालनले नेपालको अर्थतन्त्रमा योगदान गरेको बताएका छन् । शनिबार होङ्सी सिमेन्ट उद्योग सञ्चालक समितिको आमन्त्रणमा होङ्सी सिमेन्ट उद्योग प्रा.ली. को अबलोकनका क्रममा उद्योगका सञ्चालक र उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले उद्योगको स्तर उन्नती र क्ष्नमता बढाउन कच्चा पदार्थ सप्लार्यमा प्रदेश सरकारको तर्फबाट अझै सहजीकरण गरि दिने आश्वासन दिए ।

उनले नेपालको लुम्बिनी प्रदेश सिमन्ट उद्योगहरुको हवको रुपमा रहेको बताउँदै हाल लुम्बिनी प्रदेशको कच्चा पदार्थ मात्र उपयोग गर्ने गरेको होङ्सी सिमेन्टलाई लुम्बिनी प्रदेशकै भुगोलमा सञ्चालनका लागि आमन्त्रण गरे । मुख्यमन्त्री केसीले भने–“यसबाट सेवा राम्रै गर्नुभएको छ, अझै लुम्बिनी प्रदेशको बीच भुगागमा सञ्चालन गर्न आउन हुन्छ भने पनि प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध छ ।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र सिमेन्टका उद्योगहरुले अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै त्यसलाई व्यवस्थित गरी प्रदेशलाई सिमेन्टको उद्योगको हवको रुपमा विकास गर्न खोजेको बताए ।

होङ्सी सिमेन्टकाका असिष्टेन्ट ज्याकले आफूहरुले नेपालको दैनिक उत्पादनलाई बढाउन र आम ग्राहकहरुलाई सुपथ मूल्यमा प्रदान गर्नका लागि प्रयत्नशिल रहेको बताए । उनले आफूहरुले ग्राहकहरुलाई छिटो सेवा प्रदान गर्नका लागि लुम्बिनी प्रदेशमा आउन समेत इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गरि दिन प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश सरकारका निमित्त प्रमुख सचिव राजेन्द्र थापाले वास्तमै हाल देशका अधिकांश सिमेन्ट उद्योग करिव १७ वटा लुम्बिनी प्रदेशमै सञ्चालन रहेकाले प्रदेश सरकारले अझै यस विषयमा सहजीकरण गर्ने बताए ।

भ्रमणको क्रममा मुख्मन्त्रीको साथमा कृषि तथा खाद्य प्रविधि भुमी व्यवस्था मन्त्री सुमन शर्मा लगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ४७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा