२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तिलोत्तमा अपडेट : गठबन्धनका उम्मेदवार खाँणले लिए अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा अग्रता बढाएका एमाले उम्मेदवार मोहन चापागाईलाइ पछि पार्दै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि पुगेका छन् ।

हिजो साझसम्म अग्रता लिइरहेका एमाले उम्मेदवार मोहन चापागाईंलाइ पछि पार्दै गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण अगाडि पुगेका हुन् ।

गणना भएको २८ हजार २ सय ७१ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनका खांणले १० हजार ९ सय ६६ मत प्राप्त गर्दा एमालेका चापागाईले १० हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । खाँण भन्दा चापागाई ७८ मतले पछाडि परेका छन् ।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार ३ सय ५१ मतले अगाडी छन् । एमालेकी जागेश्वरीदेवि चौधरीले १० हजार ५ सय ७८ मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार २ सय २७ मत प्राप्त भएको छ ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ । ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ३४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ