२३ भदौ २०८३, मंगलबार | September 9, 2026

तिलोत्तमा अपडेट : खाँणको अग्रता निरन्तर कायम, उपप्रमुखमा चौधरीको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन् ।

अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९ सय ९८ मतको परिणाम सार्वजनिक गर्दा खाँण ९ सय ८५ मतान्तरले अगाडि छन् ।

२२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाँणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ४ सय ७२ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले १८ हजार ४ सय ८७ मतका साथ पछ्याई रहेका छन् ।

तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडि छिन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १८ हजार १ सय ६२ मत आउँदा शर्माको ९ हजार ४६ मत मात्र आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ५१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी