७ श्रावण २०८३, बिहिबार | July 24, 2026

तिलोत्तमा अपडेट : मतान्तर बढाउँदै गठबन्धनका उम्मेदवार खाँण, उपप्रमुखमा एमालेको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ ।

अहिले बिहान ५:१५ बजे सम्म ४२ हजार ७ सय १४ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका रामकृष्ण खाँणले ८ सय ६५ मतले अग्रता लिएका छन ।

आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् ।

पछिल्लो परिणाम अनुसार खाँणको १६ हजार ६ सय ४६ मत आउँदा चापागाईंलाई १५ हजार ७ सय ८१ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी मतान्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १५ हजार ४ सय ३७ मत आउँदा शर्माको ७ हजार ८ सय २० मत मात्र आएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ४६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी