२४ भदौ २०८३, बुधबार | September 9, 2026

ज्योतीनगरको पहिरो र बुटवलको सडक पहिलो प्राथमिकता : नगर प्रमुख पाण्डे



बुटवल । बुटवल उपमहानगरपालिकामा विजयी भएका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचन परिणाम घोषणा भएको अर्को दिन निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेको छ । कतिपय पालिकाहरुमा परिणाम घोषणा भए लगत्तै प्रमाणपत्र वितरण गरेपनि बुटवलमा भने अर्को दिन प्रमाण पत्र वितरण गरेको हो ।

नवनिर्वाचित उपमहानगर प्रमुख खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल लगायत वडा अध्यक्ष र सदस्यहरुलाई उपमहानगर निर्माचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा खबरकुरासंग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित मेयर पाण्डेले पदबहाली भएकै दिनबाट प्रतिबद्धता पत्रमा उल्लेख गरेका कार्यहरु पुरा गर्न लाग्ने बताए । उनले बुटवलको राजमार्गमा पर्ने मुख्य सडक, ज्योती नगरको पहिरो र खानेपानीको समस्या पहिलो प्राथमिकतामा पर्ने बताए ।

उपमेयर अर्यालले फरकढंगको नतिजा आएका कारण समन्वय गरेर काम गर्न आफुले प्रयत्न गर्ने बताइन् । उनले ज्योतीनगरको पहिरो, सुकुम्बासी समस्या, करिडोर लगायतका विषय आफ्नो प्रथमिकतामा पर्ने बताईन् ।

आयोगको तर्फबाट मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ११ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको