११ चैत्र २०७९, शनिबार | March 26, 2023

क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टोकियोमा



टोकियो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गरेका छन् । जापानी प्रधानमन्त्री फुमिको किसिदाको निमन्त्रणामा प्रधानमन्त्री मोदी जापान प्रस्थान गरेका हुन् ।

टोकियो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेन आइतबार टोकियो पुगेका छन् । त्यसअघि बाइडेनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

दक्षिण कोरियाली समकक्षीसँग भेटवार्ता पछि बाइडेनले पत्रकार सम्मेलनमा बोल्दै उत्तर कोरियाले अमेरिकाले गरेको कोभिड खोपको प्रस्तावलाई बेवास्ता गरेको बताएका थिए ।

हाल उत्तर कोरियामा कोभिड संक्रमण बढेको छ । कोभिडबाट लाखौँ संक्रमित भइरहेका बेला अमेरिकाले खोप प्रस्ताव गरेको हो ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : २७ बजे

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले

मनाङ मर्स्याङ्दीले चुम्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधी

तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

माओवादी पदाधिकारी बैठकको निष्कर्ष- सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको