२५ चैत्र २०८२, बुधबार | April 8, 2026

तिलोत्तमा अपडेट : कांग्रेसले मतान्तर बढाउँदै अग्रता कायम, उप प्रमुखमा एमालेको जित निश्चित



बुटवल । अधिकांस पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा रुपन्देहीको तिलोत्तमामा भने एमाले र गठन्बनबाट कांग्रेसको रामाञ्चित यात्रा जारी रहेको छ । आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर पदमा उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामृष्ण खाँणले अग्रता लिएका छन् ।

शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् । तिलोत्तमाको ३६१५१ मत गणना हुँदा चापागाईंलाई ७५६ मतले पछाडि पार्दै खाँण अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार खाँणको १४१६८ मत आउँदा चापागाईंलाई १३४१२ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी अन्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १३०५६ मत आउँदा शर्माको ६७२५ मत मात्र आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ०४ बजे

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास