३ पुस २०८२, बिहिबार | December 18, 2025

देवदह नगरपालिकाका प्रमुख खरेल र उपप्रमुख गुरुङसहित जनप्रतिनिधिले गरेको पदभार ग्रहण (फोटो फिचर)



बुटवल । देवदह नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पदभार ग्रहण गरेका छन । नगर प्रमुख खरेलले सोमबार बिहान पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन ।

त्यस्तै दिउँसो देवदहमै आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित उपमेयर सहित वडाअध्यक्ष सदस्यहरुलाई नगरप्रमुख खरेलले सपथ ग्रहण गराएका थिए । त्यसपछि देवदह नगरपालिकाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रम गरेपछि नगरप्रमुख खरेल र उपप्रमुख गुरुङ कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन । सो अवसरमा नगरप्रमुख खरेलले २ वटा निर्णयमा हस्ताक्षार गरेका थिए ।

देवदह नगरपालिकालाई पुर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउन नगरबासीलाई विमा कार्यक्रममा आबद्ध हुन आव्हान गर्ने, अति विपन्न, अल्पसंख्यक र बञ्चितिकरणमा परेका लक्षित समुह भित्रका नागरिकलाई सहुलियत प्रदान गरी प्रोत्साहन गर्ने र त्यसका लागि प्रथम चरणमा ख बर्गका अशक्त, नागरिकहरु, नगरपालिकाको कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका एवं सरसफाईकर्मीहरुको निशुल्क स्वास्थ्य विमा गर्ने पहिलो निर्णय गरेका छन । त्यस्तै देवदह नगरपालिकाको शुसासन प्रबद्र्धनका लागि प्रत्येक ६÷६ महिनामा अनिबार्य रुपमा सार्वजनिक सुनुवाई गर्ने पनि निर्णय नगरप्रमुख खरेलले गरे ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १२ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय