९ पुस २०८२, बुधबार | December 24, 2025

नगरकार्यपालिका सदस्य निर्वाचनको लागि बर्दिबासमा कांग्रेस-माओवादी-एमालेबीच गठबन्धन



महोत्तरी । नगर कार्यपालिका सदस्य निर्वाचनका लागी बर्दिबास नगरपालिकामा तीन दलीय गठबन्धन बनेको छ ।

नगर कार्यपालिकाको ८ सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो ।

नेकपा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ जना पाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता राजन ढुंगानाले जानकारी दिए ।

बर्दिबास नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूको संख्याको आधारमा भागबण्डा गरिएको हो ।

बर्दिबासमा वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेका २४, माओवादी केन्द्रका २५ र कांग्रेसका १३ जनप्रतिनिधिहरु निर्वाचित भएका छन ।

कार्यापालिका सदस्य विजयी गराउन सहमति जनाउदै एमालेका जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खडका र कांग्रेसका नेता चिरञ्जीवी हमालले सयुक्त हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : २७ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)